सेप्टिक ट्यांक सफा गर्दा निसासिएर दुईको मृत्यु
नेपालगञ्ज, चैत २७ : शौचालयको सेप्टिक ट्यांक सफा गर्ने क्रममा बाँकेको कोहलपुरमा दुई जना मजदुरको मृत्यु भएको छ।
शौचालयको सेप्टिक ट्यांक सफा गर....

नेपालगञ्ज, चैत २७ : शौचालयको सेप्टिक ट्यांक सफा गर्ने क्रममा बाँकेको कोहलपुरमा दुई जना मजदुरको मृत्यु भएको छ।
शौचालयको सेप्टिक ट्यांक सफा गर्दा हिजो राति कोहलपुर नगरपालिका–६ रझेनाका ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूको कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको सेप्टिक ट्यांक सफा गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले बताए।
उनीहरू शौचालयको सेप्टिक ट्यांक सफा गर्न भित्र छिरेका बेला निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक सिंहले बताए।
शौचालयको सेप्टिक ट्यांक फोडेर राति नै दुवैको शव निकालिएको छ । मृतकको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको छ।











