Kathmandu Press

एनसेल लाभकरबारे सर्वोच्चको फैसलाः कर नतिरेसम्म लाभांस वितरण र शेयर बिक्री रोक्नू 

काठमाडौं, चैत २६ : सर्वोच्च अदालतले लाभकर नतिरेसम्म एनसेललाई लाभांस वितरण र शेयर बिक्रीमा रोक लगाउन निर्देशन दिएको छ।  

एनसेल लाभक....

एनसेल लाभकरबारे सर्वोच्चको फैसलाः कर नतिरेसम्म लाभांस वितरण र शेयर बिक्री रोक्नू 
फाइल फोटो

काठमाडौं, चैत २६ : सर्वोच्च अदालतले लाभकर नतिरेसम्म एनसेललाई लाभांस वितरण र शेयर बिक्रीमा रोक लगाउन निर्देशन दिएको छ।  

एनसेल लाभकरबारे गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक गर्दै सर्वोच्चले लाभकर नतिरेसम्म लाभांस वितरण र शेयर बिक्रीमा रोक लगाउन ठूला करदाता कार्यालयलाई आदेश दिएको हो। सर्वोच्चले एनसेलसँग लाभकरवापतको रकम तीन महिनाभित्र उठाउन पनि भनेको छ।

एनसेलले २०७४ जेठ २१ र २०७३ वैशाख २६ मा पूँजीगत लाभकर वापत अग्रिम रुपमा २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क वापत २ अर्ब २ करोड ६२ लाख बुझाइसकेको नजिरलाई दृष्टिगत गरी कर निर्धारण र कर असूल उपर गर्न सर्वोच्चले आदेश दिएको छ। 

एनसेलले  अग्रिम कर वापत २०७३ बैशाख २६ गते ९ अर्ब ९६ करोड र २०७४  जेठ २१ गते ११ अर्ब ५७ करोड गरी  २१ अर्ब, ५४ करोड ८० लाख ५५ हजार ९०० रुपैयाँ नेपाल सरकारलाई बुझाएको थियो। तर, सरकारले अझै एनसेलबाट ३९ अर्ब बराबरको लाभकर वापत पाउनु पर्ने राजस्व पाएको छैन। 

सर्वोच्चको आदेशमा भनिएको छ,‘यो आदेश प्राप्त भएको मितिले तीन महिनाभित्र कानून बमोजिम आवश्यक निर्णय गर्नु-गराउनू। करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिनु नदिलाउनु भनी विपक्षीहरुका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ।’

हेर्नुस् फैसलाको पूर्णपाठ:

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, चैत २६, २०७५