Kathmandu Press

मूलबाटो बिर्सिएकाले कांग्रेस कमजोर भयोः महामन्त्री कोइराला 

लमजुङ, चैत २६ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले मूलबाटो बिर्सिएका कारण कमजोर बनेको बताएका छन्। 

नेपाल ....

मूलबाटो बिर्सिएकाले कांग्रेस कमजोर भयोः महामन्त्री कोइराला 

लमजुङ, चैत २६ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले मूलबाटो बिर्सिएका कारण कमजोर बनेको बताएका छन्। 

नेपाल प्रेस युनियन लजमुङ शाखाले मंगलबार बेसीशहरमा  गरेको पत्रकार सम्मेलनमा कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरेर मेलमिलाप र एकताको बाटोमा अगाडि बढे कांग्रेसलाई फेरि पहिलो दल बन्नबाट कसैले रोक्न नसक्ने दावी गरेका हुन्।

फरक प्रसंगमा कोइरालाले वर्तमान सरकारका गतिविधि संघीयता विरोधी भएको आरोप लगाए। सरकारले प्रदेशलाई विश्वास गर्न नसकेर सबै अधिकार आफैमा राख्दा समस्या उत्पन्न भएको उनको भनाइ छ। कोइरालाले मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफैं राख्ने प्रयत्न गरेर संघीयता विरोधी चरित्र देखाएको आरोप लगाए।

महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी ओलीको भनाइ र काम गराईमा आकाश जमिन फरक भएको बताए।  उनले भने,‘प्रधानमन्त्रीज्यू भ्रष्टाचारको गन्ध आए सह्य हुन्न भन्नुहुन्छ। तर, वाइडबडी, सुन काण्ड जस्ता काण्डै काण्ड भएका छन्। भ्रष्टाचारको गन्ध सह्य नहुने प्रधानमन्त्रीले किन बूढी  गण्डकी जलविद्युत आयोजनालाई किन प्रतिस्पर्धामा नलगेर ठेक्का दिएको?’

उनले सरकारको अहिलेसम्मको काम हेर्दा पूर्णरुपमा असफल भएको बताए।
 

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, चैत २६, २०७५