Kathmandu Press

चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

अछाम, चैत १६ : चट्याङ लागेर सोमबार राति अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

पञ्चदेवल विनायक नगरपालिका–७ का १४ वर्....

चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

अछाम, चैत १६ : चट्याङ लागेर सोमबार राति अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

पञ्चदेवल विनायक नगरपालिका–७ का १४ वर्षीय जनक रावलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।

राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।

त्यस्तै, पञ्चदेवल विनायक नगरपालिकाका वडा नं ४, ७ र ८ मा सोमबार राति चट्याङ लागेर ३३ वर्षीय धर्मेन्द्र रावल, २७ वर्षीय गोविन्द रावल, ४५ वर्षीय धर्म रावल, १२ वर्षीय रमेश रावल, २२ वर्षीया रेतुका रावल, एक वर्षीय विप्लव रावल, ५७ वर्षीया उज्जा रावल घाइते भएका छन्।

प्रहरीका अनुसार, चट्याङ लागेर  १९ वर्षीया सृजना रावल, २३ वर्षीया धिर्जा रावल, २० वर्षीय रघु रोक्का मगर, २२ वर्षीया कली रोक्का मगर र १९ वर्षीया सपना रोक्का मगर पनि घाइते भएका छन्।

घाइते अन्य तीन जनाको नाम नखुल्नको प्रहरीले जनाएको छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: १२:१४ बजे, मंगलबार, चैत २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्