Kathmandu Press

सुदूरपश्चिमी पहाडमा भूकम्पको धक्का

बैतडी, चैत २६ : सुदूरपश्चिमी पहाडमा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ।

मंगलबार बिहान ८ः३७ बजे गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझ....

सुदूरपश्चिमी पहाडमा भूकम्पको धक्का

बैतडी, चैत २६ : सुदूरपश्चिमी पहाडमा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ।

मंगलबार बिहान ८ः३७ बजे गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो।  

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो।  

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो।

गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति: १०:४२ बजे, मंगलबार, चैत २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्