बारामा फेरि हावाहुरी, घरका छाना र पाल उडायो
बारा, चैत २६ : बारा–पर्सा क्षेत्रमा आज फेरि हावाहुरी आएको छ । बिहान आएको हावाहुरीले केही घरका छाना उडाएको छ।
मंगलबार बिहान आएको हावाहु....
बारा, चैत २६ : बारा–पर्सा क्षेत्रमा आज फेरि हावाहुरी आएको छ । बिहान आएको हावाहुरीले केही घरका छाना उडाएको छ।
मंगलबार बिहान आएको हावाहुरीले फेटा गाउँपालिकालगायत आसपासका गाउँमा केही घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही स्थानमा बिजुलीका पोल पनि ढलेका छन्।
केही दिन अघि बारा र पर्सामा आएको हावाहुरीले २८ जनाको मृत्यु भएको थियो । ६ सयभन्दा बढी घाइते भएका थिए । केहीको अझै पनि उपचार जारी छ।
फेटा गाउँपालिकालगायतका क्षेत्रमा दुई हजारभन्दा बढी घरमा क्षति पुगाएको थियो । घरमा भत्किएर पालमा बस्दै आएका परिवारलाई आजको आएको हावाहुरीले थप सकस भएको हो।
प्रहरीका अनुसार, आज बिहान आएको हावाहुरीले केही पाल समेत उडाएको छ । आधा घण्टासम्म हावाहुरी चलेको जनाएको छ । विस्तृत विवरण भने आएको छैन्।






