Kathmandu Press

विश्वकै धनीले कसरी गुमाए सम्पत्ति ?

उनी इतिहासकै धनी व्यक्ति थिए। उनको सम्पत्ति कल्पना गर्न वा त्यस्को बराबरी गर्न सायदै सकिएला।

एक खर्ब ३१ अर्ब अमेरिकी डलर अनुमानित सम्पत्ति भएका एमजनका संस्था....

विश्वकै धनीले कसरी गुमाए सम्पत्ति ?

उनी इतिहासकै धनी व्यक्ति थिए। उनको सम्पत्ति कल्पना गर्न वा त्यस्को बराबरी गर्न सायदै सकिएला।

एक खर्ब ३१ अर्ब अमेरिकी डलर अनुमानित सम्पत्ति भएका एमजनका संस्थापक तथा अहिले विश्वकै धनी जेफ बेजोसजस्ता ‘मेगा’ धनाढ्य पनि उनी सामु धनी लाग्दैनन्।

उनी थिए अफ्रिकी सम्राट मान्सा मुसा। मुसा १४औं शताब्दीका मालीका शासक थिए। ‘टाइम’ले जनाएअनुसार उनी कति धनी थिए भनेर कसैले पनि बताउन सक्दैन।

Hardik ivf

विश्व इतिहासकै दोश्रो धनी व्यक्ति, रोमका सम्राट अगष्टस सिजरभन्दा मुसाको सम्पत्ति असिमीत थियो। सिजरको सम्पत्ति ४० खर्ब अमेरिकी डलरभन्दा धेरै भएको अनुमान गरिएको छ।

मुसाको सम्पत्तिबारे इतिहासविद्हरू एउटा किस्सा सुनाउँछन्। कायरो भ्रमण गर्दा उनले केही सम्पत्ति दिए। देशमा भित्रिएको सुनले इजिप्टको अर्थतन्त्र झण्डै डाँवाडोल भएको थियो।

तर जथाभावी र जति पनि खर्च गर्ने बानीले उनको अधिराज्य पतन भयो। उनी उत्तिकै दानी पनि थिए।

युनिभर्सिटी अफ मिसिगनमा इतिहासका सहायक प्राध्यापक रूडोल्फ वेयर भन्छन्,‘एउटा व्यक्तिसँग कति सुन हुन्छ होला ? कल्पना गर्नुस् । त्यसलाई दोब्बर बनाउनुहोस् । प्राप्त सबै जानकारीले यस्तै देखाउँछ । उनी पृथ्वीमा भएका सबैभन्दा धनी व्यक्ति हुन्।’

मुसा सन् १३१२ मा पश्चिम अफ्रिकाको माली साम्राज्यका शासक बनेका थिए। एटलान्टिक महासागरको सीमा खोज्न हिंडेका आबु–बाकर द्वितीय समुद्री यात्रामा हराएपछि मुसाले गद्दी सम्हालेका थिए।

आबु–बाकर दुई हजार पानीजहाज र हजारौं पुरूष, महिला र दास लिएर यात्रामा निस्किएको र त्यसपछि कहिले नफर्किएको किस्सा छ । गृह युद्ध र श्रोतसाधनको अभावबीच युरोपेली राष्ट्रले संघर्ष गरिरहँदा मुसाले राज्यारोहण गरेका थिए।

माली प्राकृतिक श्रोतसाधन, विशेष गरी सुनले भरिपूर्ण थियो।

उनको शासनमा मालीको समृद्ध राज्य अझ तीन गुणा बढ्यो। एट्लान्टिक महासागरको किनारदेखि दुई हजार माइल टाढासम्म फैलिएको मालीले आजको नौओटा पश्चिम अफ्रिकी मुलुक ओगटेको थियो। महत्वपूर्ण व्यापारिक केन्द्र टिक्बक्टु लगायत २४ ओटा शहर देशमा गाभ्न पनि मुसा सफल भए।

साम्राज्य फैलिदैं जाँदा उनको सम्पत्ति पनि बढ्यो। पुरानो विश्वको सुनको आधा भाग मालीमा भएको ब्रिटिश म्युजिमले जनाएको छ।

नर्थवेस्टर्न युनिभर्सिटीस्थित ब्लक म्युजियम अफ आर्टमा अफ्रिकी कलाकी विशेषज्ञ क्याथ्लिन बिकफोर्ड बेर्जाेक भन्छिन,‘मध्ययुगमा सबैभन्दा बहुमुल्य सम्पत्ति श्रोतमाथि मान्सा मुसाको लगभग असिमित पहुँच थियो।’

‘सुन र अन्य वस्तुको कारोबार गर्ने प्रमुख व्यापारिक केन्द्र पनि उनकै क्षेत्रमा पर्थे । सबैको कारोबारबाट उनले धन आर्जन गरे।’

सन् १३२४ देखि मात्रै बाहिरी विश्वले राजा मुसाको अकुत सम्पत्तिको झल्को देख्न थालेका हुन्।

मुसा सच्चा मुसलमान थिए । हज गर्न मक्का जाँदा उनीसँगै मालीबाट ६० हजार पुरूष पनि गएका थिए।

राजाले सबै अदालत र पदाधिकारी, सेना र दूत, विदूषक, व्यापारी, उँट चालक र १२ हजार दास लगेका थिए । सबैले पारसी रेशमका लुगा र सुनका गहना लगाएका थिए । उनीहरूले बोक्ने छडी पनि सुनकै थियो । सयौं ‘पाउन्ड’ सुन बोकेर खानका लागि बाख्रा र भेंडाको लावालस्कर लिएको मुसाको विशाल दलबल उँट र घोडामा सवार थियो।

तत्कालीन समयका इतिहासविद् इबियन खाल्दुनले सम्राट मुसासँग यात्रा गरेका एक सदस्यको अन्तर्वार्ता लिएका थिए । ‘प्रत्येक बिसौनीमा, सम्राटले दुर्लभ खाना र मिष्ठान्नको भोज ख्वाए’ भनेर उनले दाबी गरेका थिए।

‘उनका उपकरण र साजसज्जाका सामग्री १२ हजार निजी दास महिलाले बोकेका थिए । उनीहरूले समेत जडी हालेको येमनको रेशनका पहिरन लगाएका थिए,’ ती सदस्यले भनेका थिए।

कायरो पुगेपछि इजिप्टले सम्राटको अहंकार पनि देख्यो । कायरोका तत्कालीन शासकले उनलाई भेट्न बोलाए । तर भेट्न जाँदा भुँइ र सुल्तानको हातमा चुम्बन गर्नुपर्छ भनेर सुरूमा उनले अस्वीकार गरे।

कायरोमा बस्दा, मुसाले खर्चमा लापरवाह गरे । उदार भएर दान पनि दिए । शहरका गरिबलाई सुनकै उपहार दिए । किनमेलका लागि पनि उनले सुननै खर्चिए।

कुनै बदनियत नभए पनि दिल खोलेर खर्च गर्ने उनको बानीले इजिप्टमा सुनको भाउ खस्कियो । अर्थतन्त्रमा ठूलो प्रभाव प¥यो । अर्थतन्त्रमा सुधार ल्याउन देशलाई १२ वर्ष लाग्यो।

सुनको मुल्यह्रास भएकाले मान्सा मुसाको तिर्थाटनले मध्यपूर्वमा एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको आर्थिक नोक्सान भएको स्मार्टएसेट डट कम नामक अमेरिकी प्रविधि कम्पनीले अनुमान गरेको छ।

स्वदेश फर्किदाँ आफैले चर्काे ब्याजमा दिएका केही सुन किनेर इजिप्टको अर्थतन्त्रलाई मुसाले सहयोग गरे।

यात्रा सकिनुअघि नै साथमा ल्याएको सबै सुन सकिने गरी मुसाले खर्च र दान दिएको जानकारी पनि पाइएको छ। अधिराज्यभित्रै प्रयोग गर्न मिल्ने सबै श्रोतसाधन खेर फालेको भन्दै उनको आलोचना पनि भयो।

यात्राकै क्रममा सोङहाइ अधिराज्यको क्षेत्रमा पर्ने गाओ पनि प्राप्त गरे । अब उनको राज्य नाइजर नदी किनार सहारा मरूभूमिको दक्षिणी छेउसम्म फैलिएको थियो।

उनको प्रिय जित भने टिम्बक्टु थियो । यो अफ्रिकाको ‘एल दोरादो’ बन्यो । सुनैसुनका भवन र बस्ती हेर्न मानिसहरू टाढा–टाढाबाट पनि आउँथे।

पाँच सय वर्षपछि, १९औं शताब्दीमा समेत यो मिथकको रूपमा लोकप्रिय छ । युरोपबाट भाग्य खोज्दै आउने शिकारी र अन्वेषकको प्रकाशस्तम्भ, एउटा सुनको शहर पृथ्वीको एक छेउमा हराएको छ। 

इतिहासकै केही भव्य मस्जिद बनाएको श्रेय पनि मान्सा मुसालाई दिइएको छ । तीमध्ये केही आजसम्म पनि देख्न पाइन्छ।

मक्काबाट फर्किदाँ उनीसँगै इस्लामका केही विद्वान पनि फर्किए । पैगम्बर मोहम्मदका प्रत्यक्ष वंशज र एन्डालुसियाका कवि तथा वास्तुविद् आबु एस हक एस साहेली पनि आए । टिम्बक्टुको प्रख्यात जिन्गेरेबर मस्जिद उनले नै डिजाइन गरेको बताइन्छ । त्यसवापत राजाले कविलाई दुई सय किलो सुन दिए । आजको मुल्यमा यो झण्डै ८२ लाख अमेरिकी डलर हो।

मुसाले साहित्यमा पनि लगानी गरे । विद्यालय र पुस्तकालय बनाए । टिम्बक्टुलाई शिक्षाको केन्द्र बनाए । विश्वभरका मानिस पढ्नलाई यहाँ आउने गर्थे ।
मान्सा मुसाको मृत्यु सन् १३३७ मा ५७ वर्षको उमेरमा भयो । उनीपछि छोराहरूले शासनको बागडोर सम्हाले । तर टिकाउन सकेनन् ।
साना राज्यहरू छुट्टिए र मुसाको विशाल साम्राज्य पतन भयो। 

अविश्वसनीय धन भएको राज्य भनी कमाएको ख्याति नै मालीको पतनको कारण बन्यो । १५औं शताब्दीमा पोर्चुगलले देशमा आक्रमण ग¥यो ।
मान्सा मुसा र उनको धनाढ्य अफ्रिकी साम्राज्य इतिहासको गर्भमै कतै बिलायो।

एमएसएन

प्रकाशित मिति: ०७:४३ बजे, मंगलबार, चैत २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्