Kathmandu Press

सरकारले कसैले गर्न नसकेको काम गरेर इतिहास रच्यो: मन्त्री महासेठ 

काठमाडौं, चैत २५ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन्....

सरकारले कसैले गर्न नसकेको काम गरेर इतिहास रच्यो: मन्त्री महासेठ 

काठमाडौं, चैत २५ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले एक वर्षमा कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको दाबी गरेका छन्।

उनले भने,‘यो एक वर्षमा सरकारले कसैले नसोचेको काम गरेको छ। हामीले ऐतिहासिक काम गरेका छौं। सरकारको पहिलो वर्ष आधार वर्ष भएको छ।’ मन्त्री महासेठले मुलुक एकात्मक शासन व्यवस्थाबाट संघात्मक शासन व्यवस्थामा प्रवेश गरेकोेले आफूहरुले सोहीअनुसार व्यवस्थापन गर्न समय खर्चिएको स्पष्ट पारे। 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले भने,‘तीन तहका सरकार निर्माण भएका छन्। तिनीहरुको लागि बजेट, साधनस्रोत, कर्मचारी र कार्यालयको व्यवस्थापन गर्यौं । योजनाहरु बाँडफाँड गरेका छौं।’ मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमै ८ सय किलोमिटर रोड पिच गरेको पनि दाबी गरे। उनले भने,‘६ लेन, चार लेन र २ लेनका ८ सय किलोमिटर सडक पिच भएको छ। सय भन्दा बढि पुलहरु बनेका छन्। ९ सयवटा त नयाँ ट्रयाकहरु खुलेको छ।’

सरकारले विकास निर्माणका कामलाई पनि द्रुत गतिमा अघि बढाएको उनले बताए।  उनले भने,‘रेलमार्ग लगायतका कामहरु अघि बढेका छन्। पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सुरु भइसकेको छ।’ त्यस्तै, काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गका लागि प्रि–फिजिविलटीको काम सम्पन्न भएको उनले बताए। उनले क्रस बोर्डर रेलवे निर्माणको काम भइरहेको र यही आर्थिक वर्षभित्र जयनगर–जनकपुर रेल सञ्चालनमा आउने बताए।

प्रकाशित मिति: १९:३७ बजे, सोमबार, चैत २५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्