विश्व बैंक भन्छ– भारत र बंगलादेशपछिको उच्च आर्थिक वृृद्धि नेपालको
काठमाडौं, चैत २५ : दक्षिण एसिया संसारकै उच्च आर्थिक वृद्धिदर क्षेत्र भएको विश्व बैंकको एक अध्ययनले देखाएको छ। विश्व बैंक दक्षिण एसियाले आर्थ....
काठमाडौं, चैत २५ : दक्षिण एसिया संसारकै उच्च आर्थिक वृद्धिदर क्षेत्र भएको विश्व बैंकको एक अध्ययनले देखाएको छ। विश्व बैंक दक्षिण एसियाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निर्यातलाई थप प्राथामिकतामा राख्नुपर्नेमा समेत जोड दिएको छ।
सन् २०१९ मा ७ प्रतिशत र सन् २०२० र २०२१ मा ७.१ प्रतिशत वृृद्धि गरी दक्षिण एसिया विश्वको सबैभन्दा छिटो आर्थिक वृद्धि गर्ने क्षेत्रमा पर्ने लक्ष्य रहेको बताइएको छ।
दक्षिण एसियाका आठ देशमा नेपालले भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धिदर हासिल गर्ने बैंकको प्रक्षेपण छ। यो वर्षसहित अबका दुई वर्ष नेपालले उच्च वृृद्धिदर कायम राख्ने समेत बैंकले प्रक्षेपण गरेको छ।
बैंकका अनुसार नेपालले यो वर्ष ६, सन् २०२० मा ६.१ र २०२१ मा ६.२ प्रतिशतको वृद्धिदर कायम राख्नेछ। तर, यो उच्च वृद्धि कायम राख्न निर्यातमा वृद्धि गर्नुपर्ने विश्व बैंकको क्षेत्रीय आर्थिक अपडेटमा उल्लेख गरिएको छ। दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग स्काफरले भनेका छन्–‘ दक्षिण एसियाको निर्यात केही वर्षयता क्षमताको तुलनामा घटेपनि वृद्धि भने अझै राम्रो देखिएको छ। तर, यो अवस्था कायम रहन्छ वा रहँदैन भन्ने कुरामा हाम्रो चासोे छ।’
सन् २०१७ मा निर्यातको अन्तर जिडिपीको २० प्रतिशत रहेको समेत रिपोर्टमा उल्लेख छ। नेपालको सन्दर्भमा नेपालको कुल ग्राहस्थ उत्पादन ६ प्रतिशत हुने अनुमान गरिएको छ। नेपालको सेवा क्षेत्र बलियो पर्यटनबाट लाभान्वित हुने र उत्पादन क्षेत्रमा अर्को वर्ष शुरु हुने नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट सहयोग पुग्ने बताइएको छ।






