अर्घाखाँचीमा जीप दुर्घटना, तीनको मृत्यु
सन्धिखर्क, चैत २५ : अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्।
सन्धिखर्कबाट ....
सन्धिखर्क, चैत २५ : अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्।
सन्धिखर्कबाट प्यूठानको बरौलीका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप सोमबार दिउँसो भूमिकास्थान नगरपालिका–८ लात्तेबाझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा प्यूठानको एरावती गाउँपालिकाकी १४ वर्षीया मनिका आचार्य, एरावती गाउँपालिकाकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका तीन वर्षीय बालक प्रेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ९ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने ६ जनाको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






