Kathmandu Press

राप्रपाको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं, चैत २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। 

विरोध ....

राप्रपाको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं, चैत २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। 

विरोध प्रदर्शनपछि काठमाडौंको पद्मोदय मोडमा आयोजित कोषसभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको हो। राप्रपाको विरोध प्रदर्शन सोमबार दिउँसो रत्नपार्कबाट बागबजार हुँदै पद्मोदय मोडमा आएर कोण सभामा परिणत भएको थियो।  

 हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै आएको राप्रपाले सरकारलाई दबाब दिन भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनपछि थापाको सम्बोधन चलिरहेका बेला प्रहरीले निर्धारित समय सकिएको भन्दै हस्तक्षेप गरेको थियो। प्रहरीले अध्यक्ष कमल थापा, उपाध्यक्षद्वय वुद्धिमान तामाङ र दीपक बोहरालाई केहीबेर नियन्त्रणमा लिएको थियो।

तर, प्रदर्शनकारीले केही समयमै प्रहरीबाट आफ्ना नेताहरुलाई छुटाएका थिए। सोही क्रममा केहीबेर राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको थियो। प्रहरीसँगको झडपमा राप्रपाका १५ जना कार्यकर्ता घाइते भएको नेता राजाराम बर्ताैलाले जानकारी दिए। उनका अनुसार उनीहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, चैत २५, २०७५