Kathmandu Press

काठमाडौंको बसुन्धारामा बम भेटियो

काठमाडौं, चैत २५ः काठमाडौंको बसुन्धारामा रहेको एक घरमा बम फेला परेको छ।

बुसन्धारास्थित ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल&rsqu....

काठमाडौंको बसुन्धारामा बम भेटियो
सांकेतिक तस्वीर

काठमाडौं, चैत २५ः काठमाडौंको बसुन्धारामा रहेको एक घरमा बम फेला परेको छ।

बुसन्धारास्थित ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वसन्त लामाले जानकारी दिए।

उनका अनुसार घरको तीन तलामाथि रहेको द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा  सकेट बम भेटिएको हो। बम डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, चैत २५, २०७५