प्रदर्शनकारीले प्रहरीको नियन्त्रणबाट कमल थापालाई केहीबेरमै छुटाए
काठमाडौं, चैत २५ः हिन्दू राष्ट्र पुन:स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएकाराप्रपाका अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले गिर....

काठमाडौं, चैत २५ः हिन्दू राष्ट्र पुन:स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएकाराप्रपाका अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ।
सोमबार दिउँसो राप्रपाले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष थापासहित उपाध्यक्षद्वय वुद्धिमान तामाङ र दिपक बोहरालाई गिरफ्तार गरेको हो। रत्नपार्कबाट सुरू भएको विराेध प्रदर्शन बागबजार हुँदै पद्मोदय मोडमा आएर कोणसभामा परिणत भएको थियो। विरोध प्रदर्शनपछि आयोजित कार्यक्रमलाई थापाले सम्बोधन गरिरहेका बेला प्रहरीले निर्धारित समय सकिएको भन्दै हस्तक्षेप गरेको थियो।
प्रहरीले अध्यक्ष कमल थापा, उपाध्यक्षद्वय वुद्धिमान तामाङ र दीपक बोहरालाई केहीबेर नियन्त्रणमा लिएको थियो। तर, प्रदर्शनकारीले केही समयमै प्रहरीबाट आफ्ना नेताहरुलाई छुटाएका थिए। सोही क्रममा केहीबेर राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको थियो। हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै आएको राप्रपाले सरकारलाई दबाब दिन भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो।
प्रहरीसँगको झडपमा राप्रपाका १५ जना कार्यकर्ता घाइते भएको नेता राजाराम बर्ताैलाले जानकारी दिए। उनका अनुसार उनीहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ।











