धरानमा बस दुर्घटना चारको मृत्यु, ४७ जना घाइते
सुनसरी, चैत २५ : सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४७ जना घाइते भएक....

सुनसरी, चैत २५ : सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४७ जना घाइते भएका छन्।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको ना ६ ख २७१३ नम्बरको बस सोमबार दिउँसो नियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर सडकमा पल्टिँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा बसका चालक धरान–८ का ४३ वर्षीय चक्रबहादुर गुरुङ, मोरङ केराबारी गाउँपालिका–९ का २० वर्षीया यमकुमारी मगर, उनकी ७ महिने छोरी डेनी मगर र धनकुटाको चौविसे गाउँपालिका–१ का ५६ वर्षीय दल बहादुर मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
घाइतेमध्ये ४३ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ४ जनाको विजयपुर अस्पताल धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











