मलेसियामा बस दुर्घटना, दुई नेपालीको मृत्यु
काठमाडौं, चैत २५ : मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा दुई नेपाली नागरिकसहित ११ जनाको मृत्यु भएको छ।
मलेसियाका सञ्....

काठमाडौं, चैत २५ : मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा दुई नेपाली नागरिकसहित ११ जनाको मृत्यु भएको छ।
मलेसियाका सञ्चारमाध्यमका अनुसार, सेलागरमा बस दुर्घटना भएको हो।
दुर्घटनामा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथसिंह थारुको मृत्यु भएको जनाएको छ । अन्य देश र मलेसियाका गरी अन्य नौ जनाको मृत्यु भएको छ।
बस चालक र आठ जना कामदारको घटनास्थलमै मृत्यु भएको मलेसियाको प्रहरीले जनाएको छ । अन्य दुई जनाको उपचारको क्रमम मृत्यु भएको हो।
बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको मलेसियास्थित नेपाली राजदूताबासले जनाएको छ।
उनीहरू क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्दै आएका थिए।











