चिकित्सकको आन्दोलनले देशभरका सरकारी अस्पताल ठप्प
काठमडाौं, चैत २५ : चिकित्सकको आन्दोलनका कारण देशभरका सरकारी अस्पताल ठप्प भएका छन् । जसका कारण लाखौ विरामी समस्यामा परेका छन्।
सरकारले गरेको ....

काठमडाौं, चैत २५ : चिकित्सकको आन्दोलनका कारण देशभरका सरकारी अस्पताल ठप्प भएका छन् । जसका कारण लाखौ विरामी समस्यामा परेका छन्।
सरकारले गरेको समायोजनामा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले शुक्रबारदेखि कामकाज ठप्प पारेका छन् । माग पूरा नभएसम्म आन्दोलन यथावत रहने उनीहरूको भनाइ छ।
सरकारले चिकित्सकहरूलाई पनि संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । उनीहरूले चिकित्सकलाई केन्द्र मातहत नै राख्नु पर्ने माग गरेका छन् । केन्द्रबाटै काममा खटाउँदा आफू जहाँ पनि जान तयार रहेको उनीहरूको भनाइ छ।
चिकित्सकको आन्दोलनले देशभरका विरामी मर्कामा परेका छन् । उनीहरू उपचार नगरी घर फर्किरहेका छन् । टाढा–टाढाबाट अस्पताल पुगेका विरामीले उपचार नपाएर फर्किदा निजी अस्पताल तथा क्लिनिकमा जानु परेको छ।
चिकित्सकको आन्दोलनप्रति सरकारले वास्ता गरेको छैन् । चार दिनदेखि देशभरका अस्पताल ठप्प रहँदा पनि कुनै प्रतिक्रिया जनाएको छैन् । उनीहरूसँग वार्ताका लागि पहल पनि गरेको छैन।
सरकारी चिकित्सकहरूको आन्दोलनलाई नेपाल चिकित्सक संघले समर्थन गरेको छ।
अहिले देशभर स्थानीय, प्रदेश र संघमातहत गरी एक सय ६० अस्पताल छन् । जहाँ एक हजार चार सय सरकारी चिकित्सक कार्यरत छन्।











