Kathmandu Press

माओवादी द्वन्द्वमा दुई हजार दुई सय ८९ वेपत्ता (सूचीसहित)

काठमाडौं, चैत २५ : माओवादी सशस्त्र द्वन्द्वमा दुई हजार दुई सय ८९ जना वेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ।

सशस्त्र द्वन्द्वका समयमा वेपत्त....

माओवादी द्वन्द्वमा दुई हजार दुई सय ८९ वेपत्ता (सूचीसहित)
फाइल फोटो

काठमाडौं, चैत २५ : माओवादी सशस्त्र द्वन्द्वमा दुई हजार दुई सय ८९ जना वेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ।

सशस्त्र द्वन्द्वका समयमा वेपत्ता पारिएको व्यक्तिको छानविन आयोगले यो सूचि जारी गरेको हो । आयोगले सार्वजनिक गरेको सूचिमा दुई हजार दुई सय ८९ जना वेपत्ता रहेको उल्लेख छ।

दश वर्ष चलेको सशस्त्र द्वन्द्वमा राज्य र तत्कालीन विद्रोही नेकपा (माओवादी)ले उनीहरूलाई वेपत्ता पारेका हुन् । तत्कालीन माओवादी अहिले नेकपा (एमाले)सँग एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको छ।

आयोगले उनीहरूका बारेमा केही जानकारी, सूचना भए सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

सशस्त्र द्वन्द्वमा वेपत्ता व्यक्तिको सूचि

प्रकाशित मिति: १०:२० बजे, सोमबार, चैत २५, २०७५