Kathmandu Press

के बजारले सकारात्मक दिशा समातेकै हो?

काठमाडौं, चैत २४ : आज बजारको उच्च विन्दु र बजारको अन्तिम विन्दु एकै भएकाले आज दोस्रो बजार इण्ट्राडे हाईमा बन्द भएको छ। बजार इण्ट्राडे हाईमा बन्द हुनुल....

के बजारले सकारात्मक दिशा समातेकै हो?
फाइल फोटो

काठमाडौं, चैत २४ : आज बजारको उच्च विन्दु र बजारको अन्तिम विन्दु एकै भएकाले आज दोस्रो बजार इण्ट्राडे हाईमा बन्द भएको छ। बजार इण्ट्राडे हाईमा बन्द हुनुलाई सकारात्मक प्रवित्ति मानिन्छ। आजको बजारको वृद्धिलाई कारोबार परिमाणले पनि साथ दिएको छ।

वाणिज्य बैंक उपसूचकमा देखिएको आकर्षणका कारण बजारलाई नै सकारात्मक दिशामा लगेको देखिन्छ। आज वाणिज्य बैंकको उपसूचक सर्वाधिक २ दशमलव ७५ प्रतिशतले वृद्घि भएको छ। आज बजार दोहोरो अंकले वृद्घि भए पनि हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स र लघुवित्तमा आकर्षण देखिएको छैन। 

आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७ दशमलव १६ अंकले वृद्धि हुँदै ११८२ दशमलव ३६ को विन्दुमा पुगेको छ।  आज दोस्रो बजार परिसूचक १ दशमलव ४७ प्रतिशतले बढेकोे छ।  आज दोस्रो बजार ११६५ दशमलव २० को विन्दुमा खुलेको थियो भने ११८२ दशमलव ३६ को उच्च विन्दुसम्म पुगेको थियो। 
आज बजारको न्यून विन्दु ११६१ दशमलव ६० थियो। आज दिनभरमा ५४ करोड ३९ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ।

Hardik ivf

प्राथमिक बजार गतिविधि

- नविल इन्भेष्टमेन्ट बैंकिङले वैशाख ५ गतेदेखि ‘नविल ब्यालेन्स्ड फन्ड–२’ को १० करोड २० लाख इकाई बिक्रीमा ल्याएको छ। वैशाख ९ गतेसम्म निष्काशन गरिएको इकाईमा पुरै आवेदन नपरेमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ। प्रति इकाई १० रुपैयाँको दरले लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। फण्डले १२ करोड इकाई निष्काशन गरेकोमा १५ प्रतिशत फण्ड म्यानेजर र फण्ड स्पोन्सरलाई छुट्याएको छ भने बाँकी १० करोड २० लाख इकाई भने सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो।

-  हिमालय ऊर्जाको आइपीओ भर्ने सोमबार (भोलि) अन्तिम दिन रहेको छ। कम्पनीले निष्काशन गरेको शेयर भन्दा धेरै आवेदन परेपछि कम्पनीले आइपीओमा आवेदन दिने समय बन्द गर्नेछ। हिमालयन ऊर्जा भन्दा अघि आइपीओ निष्काशन गरेको युनियन हाइड्रोपावरको  माग जति शेयर आवेदन पर्न सकेको छैन।

आजको बजार अवस्था :

 
आज सर्वाधिक कारोबार हुने :

आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको शेयर किनबेच भएको छ।  एनआइसी एसिया बैंकको ६ करोड ७१ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने :

आज एनआइसी एसिया बैंकका शेयरधनीले सर्वाधिक ६ दशमलव ३६ प्रतिशतले कमाए भने युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव २५ प्रतिशतले गुमाए।

भोलिका प्रमुख गतिविधि 

- एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चैत २५ गतेदेखि वैशाख २९ गतेसम्म ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। ६० प्रतिशत हकप्रद प्रयोजनाका लागि फागुन २२ गते बुक क्लोज मिति तोकिएको थियो। यसको मतलव फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन्।

- शिवम् सिमेन्टले वैशाख ९ गते गर्ने भनिएको वार्षिक साधारण सभाका लागि चैत २६ गते एक दिन बुक क्लोज गर्दैछ।  चैत २५ गते (सोमबार) सम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभा र प्रस्तावित १५ दशमलव ७८ प्रतिशत नगद लाभांस प्राप्त गर्ने छन्। 

- नेपाल इन्सुरेन्स कम्पनीले बिक्री गर्दै गरेको ६५ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने चैत २५ गते सोमबार अन्तिम दिन रहेको छ।


प्राविधिक विश्लेषण :

चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम २४ चैत्र, २०७५ मा  बजार ११८२ दशमलव ३६ अंकमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा १ दशमलव ४७ प्रतिशतले वृद्घि हो। 

आज बजारको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। आजको परिमाणमा वृद्घि र मैनबत्तीलाई हेर्दा दुई कारोबार दिनदेखि अन्योलमा रहेको लगानीकर्ताहरु बजारमा प्रवेश गरेको संकेत गरेको छ। अन्तिम समयसम्म खरिदकर्ताहरुको चाप रहेकाले अर्को कारोबार दिनमा पनि क्रेताहरुको चाप रहने संकेत गरेको छ।

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, आज बजारको उतारचडाब हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्श अनुुसार ११७० देखि ११७२ को प्रतिरोधलाई निश्चित रुपमा तोड्न सके बजारले ११८० को तत्कालिन प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने सम्भावनालाई आजको बजारले पुष्टि गरेको छ। 

चार्टमा देखिए अनुसार दुई कारोबार दिनदेखि प्रवृत्तिहीन र रेक्ट्रायगंलमा सीमित रहेको नेप्से प्रवृत्तिले माथिल्लो प्रवृत्ति रेखालाई निश्चित रुपमा तोड्न सफल रहेको देखिन्छ।
६ र २१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले बजारको पछिल्लो समयमा खरिदकर्ताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रन्थ इन्डेक्स र स्टोकास्टिक अक्सिलेटरले बजारको अन्तिम समयमा शेयर बढी खरिद भएको संकेत गरेको छ।

निष्कर्ष : माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुका आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने यदि बजार बढेमा नेप्सेले १२०० को तत्कालिन प्रतिरोधलाई सामना गर्नु पर्ने देखिन्छ। यो एउटा मनोवैज्ञानिक प्रतिरोध क्षेत्र पनि हो। अघिल्लो प्रतिरोध ११७० देखि ११७२ को क्षेत्र हाल आएर तत्कालिन टेवा क्षेत्रमा परिणत भएको छ। 
 

प्रकाशित मिति: १८:१३ बजे, आइतबार, चैत २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्