Kathmandu Press

प्रधानमन्त्री ओलीको चेतावनी–भ्रष्टाचारको गन्ध कतै पाइए सैह्य हुन्न

काठमाडौं, चैत २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको गन्ध कतै आएको पाइए सैह्य नहुने चेतावनी दिएका छन्।

आइतबार सिंहदरबारमा बसे....

प्रधानमन्त्री ओलीको चेतावनी–भ्रष्टाचारको गन्ध कतै पाइए सैह्य हुन्न
फाइल फोटो

काठमाडौं, चैत २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको गन्ध कतै आएको पाइए सैह्य नहुने चेतावनी दिएका छन्।

आइतबार सिंहदरबारमा बसेको गरिबी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘परिणाम आउने गरी काम गर्नुस्। भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य हुँदैन।’ 

उनले भ्रष्टाचार हुन नदिन सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि निर्देशन दिए। 

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिवीनिवारण गर्ने जिम्मेवारी तीनवटै तहको भएपनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापनगर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने बताए।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, चैत २४, २०७५