Kathmandu Press

देउवा र पौडेललाई मिलाउन खाेज्दैछु: कोइराला

भक्तपुर, चैत  २४ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्न....

देउवा र पौडेललाई मिलाउन खाेज्दैछु: कोइराला
फाइल फोटो

भक्तपुर, चैत  २४ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्।

नेपाल महिला संघ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताएका हुन्। महामन्त्री कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताए।

उनले भने,“म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन। हामी फेरि ठूलो पार्टी हुन्छाैं।” 

फरक प्रसंगमा कोइरालाले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाए।
 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, चैत २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्