भिक्षु अश्वघोषको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने
काठमाडौं, चैत २४ : नेपालका छैटौं सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
आइतबार बसेको मन्....

काठमाडौं, चैत २४ : नेपालका छैटौं सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको विशेष राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भिक्षु अश्वघोषको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको हो । बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति समवेदना पनि व्यक्त गरेको छ।
भिक्षु अश्वघोषको शुक्रबार निधन भएको थियो । भिक्षुृ अश्वघोष ०४६ को जनआन्दोलनपछि तत्कालीन नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए।
प्रकाशित मिति: १४:३२ बजे, आइतबार, चैत २४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार