विप्लवलाई मूल प्रवाहमा ल्याउन प्रयास भइरहेको छ : गृहमन्त्री
पोखरा, चैत २४ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मूल प्रभावहमा ल्याउने प्रयास भ....
पोखरा, चैत २४ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मूल प्रभावहमा ल्याउने प्रयास भइरहेको बताएका छन्।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्द उनले विप्लव नेतृत्वको नेकपा शान्ति सुरक्षा र विकासको बाधक भएको समेत औल्याए । ‘विप्लव समूह शान्ति सुरक्षा र विकासका निम्ती बाधक भएकाले उनीहरूलाई पनि मूल प्रवाहमा ल्याउने प्रयास भइरहेको छ,’ गृहमन्त्री थापाले भने।
उनले विप्लवका असंबैधानिक र गैरकानुनी गतिविधिलाई प्रतिबन्ध गरिएको बताए । संविधान र कानुनले नै त्यस किसिमका गैरकानुनी गतिविधिमा प्रतिवन्ध लगाएको उनको भनाइ थियो।
उनले सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएकाले पृथकतावादी आन्दोलनमा लागेको समूहलाई देशको अखण्डता र विकासमा समाहित हुने गरी मूलधारमा ल्याइएको बताए ।
गृहमन्त्री थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताए । जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए।
संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्कालिन समस्या समाधान गर्न मन्त्रालयले परिपत्र गरेको उनको भनाइ थियो । उनले सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएका कारण यसमा शंका गर्नुपर्ने अवस्था नरहेको बताए।
प्रदेश प्रहरी ऐन छलफलका क्रममा रहेको र संसदको अर्को अधिवेशनले यसलाई पारित गर्ने उनले बताए । सरकार गठन भएको एक वर्षलाई आधार वर्षका रुपमा लिइएको उल्लेख गर्दै गृहमन्त्री थापाले यसबीचमा विकासका पूर्वाधार निर्माणका साथै नीतिगत र संरचनागतरुपमा काम भएको बताए।











