अझै तीन दिन देशभर वर्षा हुने
काठमाडौं, चैत्र २४ : देशभर अझै तीन दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमको....

काठमाडौं, चैत्र २४ : देशभर अझै तीन दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमको पूर्वानुमानअनुसार, केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।
यस्तो छ तीन दिनको मौसमः
आज दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वि तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भू–भागका थोरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भभावना देखिन्छ।
रातिः देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वि र मध्य भू–भागका थोरै स्थानमा र पश्चिमि भू–भागका एक–दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ। तराईका केहि स्थानमा हुरि बतास चल्ने सम्भावना छ।
भोली (सोमबार) दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वि भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ।
रातिः देशका पूर्वी भू–भागमा सामान्य बदलि र बांकि भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वि तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन साथ हल्का वर्षाको सम्भावना देखिन्छ। तराईका केहि स्थानमा हुरि बतास चल्ने सम्भावना छ।
मंगलबार दिउँसोः देशका पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ। पूर्वि तराईका केहि स्थानमा हुरि बतास चल्ने सम्भावना छ।
रातिः देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वि तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानमा हुरि बतास चल्ने संभावना छ।











