Kathmandu Press

दहीखोला पहिरोले सयौं यात्रु रातभर जंगलमै

कालिकोट, चैत्र २४ : पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउन नसकिएपछि सयौं यात्रु रातभर राजमार्गमै अलपत्र परेका छन्।

शुक्रबार....

दहीखोला पहिरोले सयौं यात्रु रातभर जंगलमै
काठमाडौं प्रेस

कालिकोट, चैत्र २४ : पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउन नसकिएपछि सयौं यात्रु रातभर राजमार्गमै अलपत्र परेका छन्।

शुक्रबारदेखि सुरु भएको वर्षाले कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिलो गएको हो । झण्डै एक दर्जन स्थानमा पहिरो गएको डिभिजन सडक कार्यालयले जनाएको छ।

डिभिजन कार्यालयका अनुसार, केही ठाउँको पहिरो शनिबार दिउसो हटाइएको छ । तर, कालिकोटको शुभकालिका गाउँपालिकास्थित दहीखोलाको पहिरो भने हटाउन सकिएको छैन्।

शनिबार दिनभर पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउन समस्या भएको जनाएको छ।

पहिरोका कारण सयौं यात्र दहिखोलामै अलपत्र परेका छन् । रातभर त्यही बस्नु परेको यात्रुले गुनासो गरेका छन्।

सुर्खेत, नेपालगञ्ज र काठमाडौंबाट आएका गाडी दहिखोलामै रोकिएका छन् । यात्रुले रातभर पानी पनि नपाएको बताए । दहिखोला नजिक घर छैनन् । त्यहाँ पसल पनि नहुँदा समस्या भएको हो।

शनिबार बाटो खोल्न प्रयास गरिएको भएपनि सफल नभएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । आइतबार पनि बिहानैदेखि पहिरो पन्छाउन थालिएको उनले बताए।

यस अघि सडक डिभिजन कार्यालयले दहीखोला, किट्टुभीर, पादुका खोलाको पहिरो पन्छाएर गगनेखोलाको पहिरो पन्छाएको थियो।

 

प्रकाशित मिति: १०:२३ बजे, आइतबार, चैत २४, २०७५