अर्को निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छः कोइराला
भादगाउँ, चैत २३ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन्।
कां....
भादगाउँ, चैत २३ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन्।
कांग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने,‘कांग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन्।’
‘वीपीले देखाएको बाटो कांग्रेसले विर्सन हुन्न,’ महामन्त्री डा कोइरालाले भने,‘राष्ट्रिय मेलमिलापको नीति अङ्गालेको कांग्रेसभित्र नै मेलमिलाप नहुन दुःखद हो।’
सरकारको गतिविधि संघीयता विरोधी भएको आरोप लगाउँदै उनले भने,‘मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ, जुन संघीयता विरोधी छ, यसले सरकार सङ्घीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ।’
सरकारको एक वर्षे कामको मूल्यांकन गर्दै महामन्त्री डा कोइरालाले भने,‘सरकारको एक वर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन। सरकारले काम गर्ने ठोस् योजना पनि प्रस्तुत गर्न सकेको छैन। मुलुकमा शान्ति सु–व्यवस्था हुनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएका छन्।’






