Kathmandu Press

सरकारका नराम्रो कामको आलोचना गर्नुस्: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, चैत २२ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका नराम्रो कामको आलोचना गर्न लेखकलाई आग्रह गरेका छन्।

प्रगतिशील लेखक संघको ११....

सरकारका नराम्रो कामको आलोचना गर्नुस्: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, चैत २२ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका नराम्रो कामको आलोचना गर्न लेखकलाई आग्रह गरेका छन्।

प्रगतिशील लेखक संघको ११ औं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले लेखकलाई सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्न आग्रह गरेका हुन्। 'पार्टी र सरकारभित्रका कमजोर कुरालाई कलम तिखारेर लेख्नुहोस्', उनले भने,'हामी लेखकले लेखेका कुरालाई आत्मसात् गर्दै भएका कमजोरी हटाउने छाैं।'

दल नजिक हुनु वा नहुनु लेखकको कुनै सम्बन्ध नभएको स्पष्ट पार्दै उनले प्रगतिशील लेखकले सरकारलाई सही दृष्टिकोण दिने खालका लेख लेख्नुपर्ने  बताए। मन्त्री ज्ञवालीले मुलुकमा राजनीतिक रुपान्तरण गर्न लेखकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अब सांस्कृतिक रुपान्तरणमा ध्यान दिनुपर्ने बताए। उनले सांस्कृतिक रुपान्तरणका नाममा विचार, सिद्धान्तमाथि विभिन्न पक्षबाट हमला हुन थालेको भन्दै प्रगतिशील लेखक संघले त्यस्ता हमलामाथि धावा बोल्नुपर्ने बताए। 

सांस्कृतिक रुपान्तरणको सोचजस्तो नभएकाले त्यसको अगुवा गर्न लेखकलाई उनले आग्रह गरे। 'सामाजिक रुपान्तरण सोचेजस्ता भएको छैन। सामाजिक रुपान्तरणका लागि माथिका संरचना बनाए पनि तलका आधारभूत संरचना नबन्दा समस्या छ,'उनले भने,'सामाजिक रुपान्तरणका लागि अब तलका संंरचना बलियो बनाउनु पर्दछ।' मन्त्री ज्ञवालीले राणा शासन, पञ्चायत र राजतन्त्र फाले पनि जनताका समृद्धि ल्याउने खालका कार्यक्रम सरकारले ल्याएको बताए। रासस

प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, चैत २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्