२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२०९ जनालाई कारबाही
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९६, राइड सेयरिङमा ५०, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।
काठमाडौं, साउन १० : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २०९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ९६, राइड सेयरिङमा ५०, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४३, हर्न निषेधमा ५६, लेन क्रसमा २१, अवस्था ठिक नभएको ४३, एकतर्फीमा २५ अन्यमा ७२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, साउन १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










