Kathmandu Press

विप्लव समूहसँग वार्ता गर्न सरकार तयारः गुरुङ

काठमाडौं, चैत २२ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले नेत्रविक्रम चन्द ‘....

विप्लव समूहसँग वार्ता गर्न सरकार तयारः गुरुङ
फाइल फोटो

काठमाडौं, चैत २२ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहको गतिविधि नियन्त्रणका लागि सरकारले प्रतिबन्ध लगाएको बताएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित कार्याक्रममा उनले भने,‘कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ। संविधानले दलमाथि प्रतिबन्ध गर्ने कुरा स्वीकार रहेको छैन।’ गुरुङले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरे।

उनले भने,‘सरकारले वार्ताको ढोका खुल्ला राखेको छ। मुलुकको स्वाधिनताको रक्षा र आत्मनिर्भर अर्थनीतिको लागि स्थिरता र स्थायित्व आवश्यक छ।’ हिजोको र आजको अवस्थामा फरक रहेको बताउँदै उनले एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए। सरकारले निषेधको राजनीति नगर्ने पनि उनले स्पष्ट पारे । 

मुलुकलाई अहिलेपनि आन्तरिक द्वन्द्वमा फसाउने तत्वहरु उद्धत रहेकोले त्यसतर्फ सचेत रहँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ। 

फरक प्रसंगमा उनले नागरिकता विधेयक संसदमा छलफलकै क्रममा रहेकाले अहिल्यै नै टिकाटिप्पणी गर्न नहुने स्पष्ट पारे। प्रमुख सचेतक गुरुङले नागरिकता विद्येयक संसदमा छलफलकै क्रममा भएकाले अहिले टिकाटिप्पणी गर्न नहुने स्पष्ट पारे। 

उनले भने,‘संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन संशोधन गरेर सदनमा ल्याइएको छ। अहिले छलफलमै रहेकाले यसबारेमा बोल्न चाहन्न।’
 

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, चैत २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्