सम्पादकीय : विपद्लाई नपर्खौं, आजै पूर्वतयारी थालौं
प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन । यो प्रायः अकस्मात आउँछ। र, बितण्डा मच्चाउँछ । तर, यसो भन्दैमा हात बाँधेर बस्न मिल्दैन।
विश्वका हरेक देश प्राकृतिक प....
प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन । यो प्रायः अकस्मात आउँछ। र, बितण्डा मच्चाउँछ । तर, यसो भन्दैमा हात बाँधेर बस्न मिल्दैन।
विश्वका हरेक देश प्राकृतिक प्रकोपबाट प्रभावित छ। तर, हरेक देशमा एउटै प्रकारको प्रकोप आउँदैन। र, उही प्रकृतिको प्रकोपले पु¥याउने क्षति पनि फरक–फरक हुन्छ।
कुन देशले विपद्को सामना गर्न कति तयारी गरेको छ भन्ने कुरामा क्षतिको मात्रा निर्भर हुन्छ। विकसित देशमा विपद्को पूर्व सूचना प्रणाली प्रभावकारी हुन्छ। पूर्व तयारी पनि त्यही अनुरुप हुन्छ। यसैले त्यहाँ क्षति पनि कम हुन्छ।
हाम्रो जस्तो देशमा भने सानै विपद्ले पनि ठूलै विनास गर्छ। कारण हो – पूर्व सूचना र पूर्व तयारीको कमी।
२०७२ सालको विनाशकारी भुइँचालोको अत्यास अझै ताजै छ। त्यो भुइँचालो र त्यसका पराकम्पहरू आएको सम्झिँदा अझै आङ जिरिङ्ग हुन्छ। त्यो भुइँचालोले झन्डै ९,००० मानिसको ज्यान लियो। लाखौं निजी–सरकारी भवन, बिद्यालय, स्वास्थ्य संस्था र सैयौं पुरात्तात्विक सम्पदाहरु ध्वस्त बनायो। भुइँचालाले एउटा पाठ पढाएर गयो – विपद् व्यवस्थानपनको राम्रो तयारी नगरे भविष्यमा झन् ठूलो मूल्य चुकाउनुपर्छ।
तर, यो साता बारा र पर्सामा आएको चक्रवाती आँधी र त्यसले पुर्याएको क्षतिले देखायो –हामीले भुइँचालोको पाठ सिकेकै रहेनछौं। यो घटनाले हाम्रो मौसम पूर्वानुमान प्रणाली कति कमजोर रहेछ भन्ने उजागर गरेको छ। छिमेकी भारतको मौसम पूर्वानुमानलाई मात्रै वास्ता गरेको भए पनि त्यो दिन सायद त्यति क्षति हुन्न थियो।
तर, यो साता बारा र पर्सामा आएको चक्रवाती आँधी र त्यसले पुर्याएको क्षतिले देखायो –हामीले भुइँचालोको पाठ सिकेकै रहेनछौं। यो घटनाले हाम्रो मौसम पूर्वानुमान प्रणाली कति कमजोर रहेछ भन्ने उजागर गरेको छ। छिमेकी भारतको मौसम पूर्वानुमानलाई मात्रै वास्ता गरेको भए पनि त्यो दिन सायद त्यति क्षति हुन्न थियो।
चार वर्षअघिको त्यो विनासकारी भुइँचालो होस् वा यो साताको चक्रवात आँधी, विनाशका दुबै घटनाले सरकारी संयन्त्र र संरचना प्राकृतिक प्रकोपका प्रभाव न्यूनीकरण गर्न असफल रहेको देखिन्छन्। सरकारको ध्यान पूर्वतयारीमा भन्दा पनि दुर्घटना भइसकेपछि राहत बाँड्नमा मात्रै केन्द्रित देखिन्छ। तर, राहत र उद्धार पनि प्रभावकारी छैन। ठूल्ठूला सपना बाँड्ने तर जनतको जीउधन र जीविकासँग जोडिएका आधारभूत समस्याहरूलाई सम्बोधन नगर्ने सरकारी शैली निन्दनीय छ।
विनासकारी प्राकृतिक विपद्का घटनाहरुलाई नियन्त्रण गर्न हामी सक्दैनौं, तर त्यसबाट पर्ने प्रभावलाई भने कम गर्न सक्छौं यदि पहिल्यै तयारी गर्न सक्यौं भने । त्यसका लागि सरकारले छिटोभन्दा छिटो विपद् व्यवस्थापन प्राधिकरण स्थापनासम्बन्धी बिधेयकलाई पारित गर्दै काम सुरु गर्नुपर्ने आवश्यकता छ।
भुइँचालोपछि सरकारले एउटा विपद् व्यवस्थापन प्राधिकरण स्थापनाका लागि विधेयक तयार नगरेको होइन, तर त्यो विधेयक संसदमा थन्किएको निकै भइसक्यो। अहिले हामीलाई एउटा यस्तो शक्तिशाली सरकारी निकाय चाहिएको छ, जसले विपद्को समयमा सबै सरकारी निकायसँग समन्वय गरी एकद्वार प्रणालीबाट निर्णय गर्ने क्षमता राख्छ। अमेरिकामा फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) भन्ने सरकारी संयन्त्र छ । यसले प्राकृतिक विपद्का सबै घटनासँग जुझ्न पूर्व तयारी गर्ने र विपद्पछिको राहतको काम द्रुततर गतिमा गर्ने गर्छ । हामीलाई अहिले यस्तै एउटा शक्तिशाली सरकारी संयन्त्रको खाँचो छ जसले पूर्व तयारी गर्ने, प्रभावकारी रुपमा राहत बाँड्ने र पुनर्निर्माणको काम द्रुततर गतिमा गर्न सकोस्। हाम्रोजस्तो प्राकृतिक विपद्को सम्भावना व्यापक भएको देशमा यस्तो खालको संयन्त्रको अत्यन्त जरुरी छ।
हामीले अहिलेपनि हालै भएका प्राकृतिक विपद्हरुबाट नसिक्ने हो भने बिनासको स्तरलाई कम गर्न नसक्ने अवस्थामा पुग्नेछौं । विनासकारी प्राकृतिक विपद्का घटनाहरुलाई नियन्त्रण गर्न हामी सक्दैनौं, तर त्यसबाट पर्ने प्रभावलाई भने कम गर्न सक्छौं यदि पहिल्यै तयारी गर्न सक्यौं भने । त्यसका लागि सरकारले छिटोभन्दा छिटो विपद् व्यवस्थापन प्राधिकरण स्थापनासम्बन्धी बिधेयकलाई पारित गर्दै काम सुरु गर्नुपर्ने आवश्यकता छ।






