राप्रपाको हस्ताक्षर अभियान चैत मसान्तसम्म
काठमाडौं, चैत २२ः राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुन:स्थापनाका लागि दबाब दिन सुरु गरेको हस्ताक्षर अभियानलाई चैत मसान्तसम्म जा....

काठमाडौं, चैत २२ः राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुन:स्थापनाका लागि दबाब दिन सुरु गरेको हस्ताक्षर अभियानलाई चैत मसान्तसम्म जारी राख्ने भएको छ।
जनसंघर्ष परिचालन समितिको शुक्रबार बसेको बैठकले चैत १७ देखि २३ गतेसम्म हस्ताक्षर संकलन अभियानलाई चैत मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो। राप्रपाले गत चैत १७ गतेदेखि देशव्यापी रुपमा हस्ताक्षर संकलन अभियानको सुरुवात गरेको थियो।
नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्ने लाखौं नेपाली नागरिकहरुको सहभागिता बढ्दै गएपछि राप्रपाले अभियानको समय थप गरेको हो। चैत २५ गते सिंहदरबार अगाडि हुने धर्ना कार्यक्रमलाई पार्टीको शक्ति प्रदर्शनको रुपमा सफल पार्न पार्टीका सबै तहलाई बैठकले आग्रह पनि गरेको छ।











