बारा–पर्सा हुरीबतासः प्रदेश ५ सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने
बुटवल, चैत २२: प्रदेश ५ सरकारले बारा र पर्साका हुरीबतास पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद....
बुटवल, चैत २२: प्रदेश ५ सरकारले बारा र पर्साका हुरीबतास पीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले बारा र पर्साका हुरीबतास पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। उक्त रकम प्रदेश २ सरकारको खातामा प्रदेश ५ का आर्थिक मामिला तथा योजना मन्त्रालयले जम्मा गरिदिने भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले बताए।
यसअघि प्रदेश २, प्रदेश ३ र सुदूरपश्चिम प्रदेश सरकारलगायत विभिन्न राजनीतिक दलहरुले हुरीबतास प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरिसकेका छन्।
बैठकले प्रदेश ५ को विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेललाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने पनि निर्णय गरेको मन्त्री चौधरीले जानकारी दिए। क्यान्सर रोगबाट पीडित ८२ वर्षीय नेता शर्माको काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।






