सानेपामा अनियन्त्रित भएर ट्रकले भ्यानलाई किच्दा दुईको मृत्यु
ललितपुर, चैत २२ः ललितपुरको सानेपामा ट्रक अनियन्त्रित भएर पल्टिएर भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते....

ललितपुर, चैत २२ः ललितपुरको सानेपामा ट्रक अनियन्त्रित भएर पल्टिएर भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
शुक्रबार जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले बा ७ च २१३१ नम्बरको भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दोलखाका ४० वर्षीया इन्द्रबहादुर सुनार र धनुषाका डोल्मा शेर्पाको मृत्यु भएको प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिए। उनका दुर्घटनामा परी ललितपुर भैंसेपाटीकी १८ वर्षीया स्मृति मगर घाइते भएकी छन्। ट्रक अनियन्त्रित भएर पल्टिँदा गुडिरहेको भ्यानलाई किचेको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए।
ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरू गरेको उनले बताए।











