Kathmandu Press

परिवार दलले दियो हुरीबतास प्रभावित १७० परिवारलाई सोलारलाइट

कलैया, चैत २२ : नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वशान्ती मन्त्री एकनाथ ढकालले बाराकाे देवताल गाउँपालिकाका एक सय ७० घरपरिवारलाई सौर्यउर्जाबाट चल्ने बत....

परिवार दलले दियो हुरीबतास प्रभावित १७० परिवारलाई सोलारलाइट

कलैया, चैत २२ : नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वशान्ती मन्त्री एकनाथ ढकालले बाराकाे देवताल गाउँपालिकाका एक सय ७० घरपरिवारलाई सौर्यउर्जाबाट चल्ने बत्ती पनि वितरण गरेकाे छ।

पूर्वमन्त्री ढकाल युनिसेफ, राधे राधे धामलगायत विभिन्न संघ–सस्थाको राहत वितरण कार्यक्रममा पनि सहभागी भएका थिए । सम्पूर्ण स्वयम सेवकलाई प्रोत्साहित गर्दै विपत्तिमा परेकाहरूका सााथमा आफूहरू रहेको उलने बताए । अध्यक्ष ढकालले भने, ‘देशको कुनै पनि भूभागका नागरिकको पीडा सबै नागरिकको साझा पीडा हो । दुःखको घडीमा सबै एक भएर सामना गर्नुपर्छ।’

नेता ढकालसँगै नेकपाका पूर्वसांसद प्रह्लाद लामिछाने, गायत पार्टीका महामन्त्री विनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल, बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, पर्सा अध्यक्ष पल्टनप्रसाद पटेललगायत सहभागी थिए।

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, चैत २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्