लाजिम्पाटमा आगलागी हुँदा एकको मृत्यु
काठमाडौं, चैत २२ : लाजिम्पाटमा आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने चार घाइते भएका छन्।
बिहीबार राति निलसरस्वती मार्गस्थित धर्म महर्जनको घ....

काठमाडौं, चैत २२ : लाजिम्पाटमा आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने चार घाइते भएका छन्।
बिहीबार राति निलसरस्वती मार्गस्थित धर्म महर्जनको घरमा आगलागी हुँदा ओखलढुंगाको पोखरी गाउँपालिका–२ का भेषबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घरमा भाडामा बस्दै आएका उनी सुरक्षा गार्डमा कार्यरत थिए।
त्यस्तै, आगलागीमा डेरामा बस्ने बर्दियाका विबेक शाही, उनकी पत्नी गंगामाया शाही, चन्द्रमाया राई र बिना बस्नेत घाइते भएका छ । चन्द्रमाया र बिना सामान्य उपचारपछि घर फर्किएका छन भने विवेक र गंगामायाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, विद्युत लाइन सट हुँदा आगलागी भएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । घटनामा कति भौतिक क्षति भयो भन्ने यकिन भइसकेको छैन।











