भारतको चुनावले सीमानाका तीन दिन बन्द हुने
महेन्द्रनगर, चैत २२ : भारतको चुनावका कारण सुदूरपश्चिमका सबै सीमानाका तीन दिन बन्द हुने भएका छन्।
भारतको उत्तराखण्ड प्रदेशमा चैत २८ गते लोकसभ....
महेन्द्रनगर, चैत २२ : भारतको चुनावका कारण सुदूरपश्चिमका सबै सीमानाका तीन दिन बन्द हुने भएका छन्।
भारतको उत्तराखण्ड प्रदेशमा चैत २८ गते लोकसभा निर्वाचन हुँदै छ । त्यसलाई ध्यानमा राखेर सुदूरपश्चिमका भारतसँग जोडिएका सबै सीमानाका तीन दिन बन्द हुने भएका हुन्।
जसअनुसार, चैत २६ देखि २८ गतेसम्म सीमानाका बन्द गरिने छन् । भारत र नेपालको सीमा सुरक्षा बैठकले सीमानाका बन्द गर्ने निर्णय गरेको हो।
सीमाक्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न यस्तो निर्णय गरिएको जनाएको छ ।
भारतमा सात चरणमा लोकसभा चुनाव हुँदै छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका राज्यमा भने चैत २८ गते चुनाव हुन लागेको हो।
प्रकाशित मिति: ११:३६ बजे, शुक्रबार, चैत २२, २०७५
थप समाचार






