Kathmandu Press

आमासहित दुई छोराछोरी मृत भेटिए

भरतपुर, चैत २२ : चितवनमा एउटै परिवारका तीन जना घरभित्रै मृत भेटिएका छ।

भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका ३४ वर्षीय....

आमासहित दुई छोराछोरी मृत भेटिए

भरतपुर, चैत २२ : चितवनमा एउटै परिवारका तीन जना घरभित्रै मृत भेटिएका छ।

भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका ३४ वर्षीया माया आलेमगर, उनकी छोरी १४ वर्षीया विनिता र छोरा १२ वर्षीय विवेक मृत भेटिएका हुन्।

उनीहरूले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनै जनाको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउन लागिएको छ।

यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी बताए । रेग्मीसहित प्रहरी टोली घटनास्थल पुगेको छ।

मायाका श्रीमान् नरबहादुर आलेमगर नेपाली सेनामा कार्यरत छन्।

 

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, चैत २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्