मौसम बदलीसँगै तीन दिन देशभर वर्षा
काठमाडौं, चैत २२ : देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा हुने भएको छ।
शुक्रबार तराईका सिमाना र पश्....

काठमाडौं, चैत २२ : देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा हुने भएको छ।
शुक्रबार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।
शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ।
त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।











