फुटपाथ तथा ठेलागाडा पसल पनि प्यानमा दर्ता गर्नुपर्ने
काठमाडौं, चैत २२ : फुटपाथका पसल र ठेलागाडामा गरिने व्यवसाय पनि अब अनिवार्य रुपमा प्यानमा दर्ता गर्नुपर्ने भएको छ । यसका लागि खाद्य प्रविधि तथा गुण निय....

काठमाडौं, चैत २२ : फुटपाथका पसल र ठेलागाडामा गरिने व्यवसाय पनि अब अनिवार्य रुपमा प्यानमा दर्ता गर्नुपर्ने भएको छ । यसका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयारी गरेको छ।
विभागले ‘स्ट्रिट फूड’को स्वच्छता अभ्याससम्बन्धी निर्देशिका २०७५ को मस्यौदा तयार पारेको छ । यसलाई विभागको प्राविधिक समितिले स्वीकृत समेत गरिसकेको छ । निर्देशिकाको मस्यौदामा फुटपाथका पसल र ठेलागाडामा गरिने व्यवसाय पनि अनिवार्य रुपमा प्यानमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
बाटोमा जतासुकै धुवाँधुलो हुने र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यसलाई नियमन गर्न निर्देशिका तयार गरिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । ‘धेरैले फुटपाथ तथा ठेलागाडा खानेकुरा खाने, चटपटे, पानीपुरीजस्ता खानेकुराका लागि बालबालिकादेखि बृद्धबृद्धासमेत जुम्झिने गरेकाले ठेलागाडा तथा फुटपाथलाई व्यवस्थापन गर्ने उद्देश्यले निर्देशिका ल्याउन लागिएको हो,’ वस्तीले काठमाडौं प्रेससँग भने।
विभागको प्राविधक समितिले निर्देशिकाको समस्यौदा स्वीकृत गरिसकेको छ । त्यसलाई कृषि विकास मन्त्रालयमा पठाएको उनले बताए । ‘हाम्रो तर्फबाट मस्यौदा तयार गरेर मन्त्रालयमा पठाइएको छ । मन्त्रालयबाट निर्णय भएसँगै देशभर कार्यन्वयन हुन्छ,’ विभागका प्रवक्ता वस्तीले भने।
खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले गत चार महिनामा केही स्थानमा फुटपाथ तथा ठेलागाडाको अनुगमन पनि गरेको थियो । विभागले अनुगमन गरेका ६ हजार ८० अधिकांसले सरसफाइ तथा अन्य माफदण्ड पूरा नगरेको पाइएको छ । जसमध्ये एक सय ३६ फुटपाथ तथा ठेलागाडा पसलविरुद्ध मुद्दा समेत दर्ता गरेको विभागले जनाएको छ । त्यसैले पनि निर्देशिका ल्याउन परेको विभागको तर्क छ।
विशेष गरेर तारेको तेलको पुनःप्रयोग हुने गरेको पाइएको छ । त्यस्तै, खानेकुरा कागजमा दिने गरिएको छ । कागजमा रसायनिक हुने भएकाले स्वास्थ्यमा असर पर्ने गरेको छ । त्यस्तो गर्न नपाउने गरी निर्देशिकामा व्यवस्था गरिएको वस्तीले बताए । प्यानमा दर्ता भएपनि सरसफाई हुने, निश्चित स्थानमा मात्र ठेलागाडा र फुटपाथ राख्ने पाइने उनको भनाइ छ ।
काठमाडौंलगायत देशका विभिन्न शहरहरूमा फुटपाथ तथा ठेलागाडामा व्यवसाय गरिदै आएको छ । यस्तो व्यवसायको एकीन तथ्यांक छैन् । यस्तो कारोबार कति हुन्छ भन्ने पनि तथ्यांक नभएको विभागले जनाएको छ ।












-(7)-1765197040.jpg)