पाँच वर्षमा नेपाल अविकसितबाट विकासोन्मुख देशको सूचीमा : प्रधानमन्त्री
काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकास परिषदको बैठक समापन गर्दै १५ औं पञ्चवर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बत....
काठमाडौं, चैत २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकास परिषदको बैठक समापन गर्दै १५ औं पञ्चवर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन् । उनले यसै योजना कालमा नेपालले अविकसित मुलुकको सुचीबाट विकासोन्मुख देशको सुचीमा पुग्ने दाबी पनि गरे ।
‘१५ औँ पञ्चवर्षीय योेजनामा नेपालले धेरै उपलब्धी हासिल गर्दछ । सबभन्दा ठुलो कुरा अविकसित देशको सुचीबाट हामीविकासोन्मुख देशमा परिणत हुनेछौं’, उनले भने, ‘हाम्रो देशमा भएका शिक्षा, स्वास्थ्य, गरिबी, सुशासन आदिका क्षेत्रबाट अविकसित देशको ‘अ’ हटाउनेछौं । त्यस कारण यस योजनाले नेपालको परिचय बदल्छ ।’
प्रधानमन्त्री ओलीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो पञ्चवर्षीय योजनाभएकोले यसले परिवर्तित सन्दर्भहरुलाई विशेष प्राथमिकता दिएर उठाएको बताए ।
उनले यही योजनाकालमा राष्ट्रिय उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने पनि बताए । नेपालमा भएको शासन प्रणाली विश्वका उत्कृष्ट व्यवस्थामा पर्ने पनि प्रधानमन्त्रीको भनाई थियो ।
“कतिपयले सरकारले अधिनायकवाद ल्याउछ कि भन्छन् तर होइन यो सरकारले समाजवाद ल्याउछ । समृद्धिसँगै सामाजिकन्याय र समानताउपलब्धीहुनसक्यो भने समाजवाद आउछ ” प्रधानमन्त्रीओलीले भने, “हामी राजनीतिक, आर्थिक,सामाजिकन्याय,समानता,उत्थान,विकास,मानव सुचकांक,वातवरणीय सजगता,साँस्ृकतिक चेतना हरेक दृष्टिकोणले देशलाई समृद्ध बनाउदैछौं ।”






