Kathmandu Press

नेपाल बारको अध्यक्षमा प्रगतिशीलका श्रेष्ठ र महासचिवमा लोकतान्त्रिकका पौडेल विजयी (मत परिणाम सहित)

काठमाडौं, चैत २१ : कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आगामी तीन वर्षका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा अध्यक्षसहित २२ पदमा प्....

नेपाल बारको अध्यक्षमा प्रगतिशीलका श्रेष्ठ र महासचिवमा लोकतान्त्रिकका पौडेल विजयी (मत परिणाम सहित)

काठमाडौं, चैत २१ : कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आगामी तीन वर्षका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा अध्यक्षसहित २२ पदमा प्रगतिशील समूह विजयी भएको छ । महासचिव र  प्रदेश नम्बर ५ उपाध्यक्ष, मधेशी सदस्य गरी तीन पदमा लोकतान्त्रिक समूहका उम्मेद्वार विजयी भए ।

अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ ४०२२ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा लोकतान्त्रिक समूहका सुनील पोखरेलले ३८७३ मत पाए । श्रेष्ठ १४९ मतको अन्तरले विजयी भएका हुन् । 

निर्वाचन परिणाम सार्वजनिक भएपछि विजयी उम्मेदबारलाइ बधाइ दिँदै

महासचिव लोकतान्त्रिक समूहका उम्मेद्वार लीलमणि पौडेलले जिते । पौडेलले ४१७८ मत पाए भने उनीसँग पराजित महासचिवमा प्रगतिशील समूहका सुरेन्द्र थापाले ३७०१ मत मात्र पाए । 

खुल्ला महिला उपाध्यक्षमा रक्षा बस्याल ३९४७ मत पाएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्व लोकतान्त्रिक समूहकी कविता थापा (कार्की)ले ३९१२ मत पाएकी थिइन् ।

सात वटा प्रदेश उपाध्यक्षहरूमध्ये प्रदेश १ मा मानबहादुर रुम्दाली, प्रदेश २ मा रामचन्द्र सिंह, प्रदेश ३ मा ईश्वरीप्रसाद भट्टराई, गण्डकी प्रदेशमा सुरेन्द्र थापा मगर, कर्णाली प्रदेशमा मीनबहादुर महत र सुदूर पश्चिममा उमेशप्रसाद विष्ट विजयी भएका छन् । 

प्रदेश ५ उपाध्यक्षमा भने लोकतान्त्रिक समूहका सुनीलकुमार श्रेष्ठ विजयी भए । उनले प्रगतिशील समूहका लीलाधर मरासिनीलाई पराजित गरे । 
कोषाध्यक्षमा प्रगतिशील समूहकै रुद्रप्रसाद पोखरेल ४०४६ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका तेजबहादुर रावलले ३६४१ मत मात्र पाएका थिए । 

सदस्यहरूमा मधेशी खुल्लामा लोकतान्त्रिक समूहका मनोजकुमार चौधरी विजयी भएका छन् । अन्य सबै सदस्य प्रगतिशील समूहका विजयी भए । उपत्यकाबाहिर खुल्ला सदस्यमा डा. शिवराज पण्डित विजयी भए । दलित सदस्यमा मोहन साशंकर विजयी भए । अन्य सदस्यहरूमा वीनाकुमारी सिंह(चौधरी), बद्रीनारायण नगरकोटी, कल्पनाकुमारी भण्डारी, अञ्जु कायस्थ, गंगासागर खत्री, भीमसेन बञ्जारा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी विजयी भए । 

मत परिणाम

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, चैत २१, २०७५