Kathmandu Press

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने गोदानको निर्णय

काठमाडौं, चैत २१ः कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएको सरकारी चिकित्सक संघ (गोदान) फेरि आन्दोलनमा उत्रिने भएको छ।

सरकारले आफूहरूसँग गर....

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने गोदानको निर्णय
फाइल फोटो

काठमाडौं, चैत २१ः कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएको सरकारी चिकित्सक संघ (गोदान) फेरि आन्दोलनमा उत्रिने भएको छ।

सरकारले आफूहरूसँग गरेको सम्झौता विपरित कर्मचारी समायोजना गरेकोे भन्दै गोदानले शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए। 

उनले भने,‘सरकारले गरेको कर्मचारी समायोजनले दुर्गममा चिकित्सक नै रहँदैनन्। सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती अस्पतालको मात्रै कुरा गर्ने हो भने १५ जना चिकित्सक छन्। त्यसमध्ये १३ जना संघमा जाँदा २ जना चिकित्सकमात्रै रहन्छन्। दुई जना चिकित्सकको भरमा यति ठूलो अस्पताल कसरी चल्छ? चिकित्सकलाई संघमै राख तर, आवश्यक परे जहाँ पनि पठाऊ भन्ने हाम्रो माग हो।’

अध्यक्ष पाण्डेले अब पनि माग सुनुवाई नभए सामूहिक राजीनामा दिने चेतावनी दिए। उनले समायोजनले दुर्गममा रहेका कर्मचारी जति सबै सुगममा ल्याए झनै समस्या हुने बताए। कर्मचारी समायोजनका विषयमा प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायसँग छलफल गरेपनि सम्झौता विपरित कर्मचारी समायोजन गरिएको गोदानको आरोप छ। 
 

प्रकाशित मिति: १८:३० बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्