Kathmandu Press

अब आवश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने

काठमाडौं, चैत २१: सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको छ। 

हालै बसेको मन्त्रि....

अब आवश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने
फाइल फोटो

काठमाडौं, चैत २१: सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न निषेध गर्ने निर्णय गरेको छ। 

हालै बसेको मन्त्रिपरिषदको बैठकले आवश्वय सेवाका क्षेत्रमा हड्ताल गर्न नदिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए। सार्वजनिक सेवामा हड्ताल हुँदा सेवाग्राहीहरु अप्ठ्यारो परेको भन्दै सरकारले त्यसलाई निषेध गर्न सूचना राजपत्रमै प्रकाशित गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए।

यस्तै, बैठकले सवारी साधनहरुको सडक उपभोग दस्तुरमा वृृद्धि गर्दै सडक उपभोग दस्तुर सम्बन्धि सूचना पनि राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ।

बैठकले युनाइटेड सिमेण्टस् प्रालिको नौबिसेस्थित सिमेण्ट कारखानास्थलसम्म जाने आउने औद्योगिक सडकमार्ग निर्माण तथा सञ्चालनका लागि धादिङको धुनिबेसीस्थित पोखरीडाँडाको सामुदायिक वन क्षेत्र प्रयोग गर्न स्वीकृति पनि दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए।

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्