बार अध्यक्षमा प्रगतिशील र महासचिवमा लोकतान्त्रिक समूहबाट पक्का
काठमाडौं, चैत २१ः कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आगामी तीन वर्षका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा मिश्रित परिणाम आउने निश्चित ....
काठमाडौं, चैत २१ः कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आगामी तीन वर्षका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा मिश्रित परिणाम आउने निश्चित भएको छ।
करिब चार सय मत गन्न बाँकी छँदा अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुन निश्चित भएको छ भने महासचिवमा लोकतान्त्रिक समूहका उम्मेद्वार लीलामणि पौडेलले जित्ने भएका छन्। चार दिनदेखि जारी मतगणना अन्तिम चरणमा पुग्दा महासचिवमा प्रगतिशील खेमामा महासचिवका उम्मेद्वार सुरेन्द्र थापा निकै पछि परेका छन्।
अब बाँकी मत गन्न करिब आधादेखि एक घन्टासम्म लाग्न सक्ने जनाइएको छ । त्यसपछि औपचारिक परिणाम घोषणा हुनेछ ।
प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, चैत २१, २०७५
थप समाचार






