२५ वर्षभित्रै नेपालमा समाजवाद आउँछः प्रधानमन्त्री ओली
काठमाडौं, चैत २१: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २५ वर्षभित्र नेपालमा समाजवाद आइसक्ने घोषणा गरेका छन्।
राष्ट्रिय विकास परिषद् बै....

काठमाडौं, चैत २१: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २५ वर्षभित्र नेपालमा समाजवाद आइसक्ने घोषणा गरेका छन्।
राष्ट्रिय विकास परिषद् बैठकको समापन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजवाद नै सरकारको मुख्य लक्ष्य भएको बताए। उनले भने,‘प्रणालीहरु मध्ये सर्वाेत्कृष्टको उत्कृष्ट समाजवादको हो,’उनले भने,‘समृद्धिका न्याय मिसाएपछि समाजवाद हुन्छ। समृद्धिसँग समाजिक न्याय मिसाएपछि समाजवाद हुन्छ। हामी त्यही प्रणालीको विकास गर्छाैं।’
समाजवादबारे नेपालको आफ्नै व्याख्या रहेको बताउँदै प्रधानमन्त्री ओलीले अति गरिब मुलुकबाट देशलाई विकासिततर्फ लैजाने समेत बताए। अहिलेको संरचना अलि खर्चिलो भएकाले सबै तहलाई मितव्यायी भएर चलाउन आग्रह समेत उनले गरे। उनले खान नपाउने दुःखी गरिब जनताको पक्षमा काम गर्न पनि आग्रह गरे।











