Kathmandu Press

भक्तपुरमा बर्डफ्लु भेटियो, २९ सय कुखुरा नष्ट  

भक्तपुर, चैत २१:  भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ।

बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहु....

 भक्तपुरमा बर्डफ्लु भेटियो, २९ सय कुखुरा नष्ट  

भक्तपुर, चैत २१:  भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ।

बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ।  उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा चन्द्र ढकालले जानकारी दिए।     
     
वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। उक्त फार्मको चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएको पशु चिकित्सक डा ढकालले जानकारी दिए। बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कान स्प्रे’ छर्किएर निःसङ्क्रमण गरिएको छ।     

उपभोक्ताले भने यस वर्ष पनि विभिन्न ठाउँका कुखुरा फार्ममा मरेका कुखुरालाई राति गाड्ने र जिउँदो कुखुरालाई बजारमा बिक्री गरेको गुनासो आएको बताएका छन्। जिल्ला प्रशासन कार्यालयले विगतमा जस्तै यस वर्ष पनि नेतृत्व लिएर त्यस्ता कार्य रोक्न र बर्डफ्लु न्यूनीकरणमा ध्यान दिनुपर्नेमा त्यसो गर्न नसकेको बताएका छन्। रासस     
 

प्रकाशित मिति: १६:०३ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्