Kathmandu Press

सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छः नेपाल  

भरतपुर, चैत २१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन्....

सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छः नेपाल  

भरतपुर, चैत २१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन्। 

चितवनको भण्डारामा आयोजित स्वर्गीय नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनइच्छाबमोजिम काम गर्नुपर्ने बताएका हुन्।

नेपालले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ,‚ नेता नेपालले भने,‘एक हिसाबले मैदान खाली जस्तै छ। तर यसो भनेर विचलित हुने अवस्था छैन।’

सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उनले बताए। विश्वमा कम्युनिष्ट पार्टीहरु अलोकप्रिय भइरहेका बेला नेपालमा भने कम्युनिष्टहरुको कामका कारण लोकप्रियता बढ्दै गएको उनको भनाइ छ। 

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, चैत २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्