अनशन बस्न लागेका १५ शिक्षक पक्राउ
काठमाडौं, चैत २१ :माइतीघर मण्डलमा अनशनको बस्न लागेका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
आन्तरिक परीक्षामा छुट भएका ....

काठमाडौं, चैत २१ :माइतीघर मण्डलमा अनशनको बस्न लागेका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकले बिहीबार माइतीघर मण्डलामा अनशन बस्न खोजेका थिए । निषेधित क्षेत्र भन्दै प्रहरीले १५ शिक्षकलाई पक्राउ गरेको हो।
शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका ०७२ असोज २ गतेपछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन्।
अस्थायी शिक्षक सङ्घर्ष समितिका प्रदेश ३ का संयोजक बहादुरसिंह लामाले शान्तिपूर्ण आन्दोलनमा रहेका साथीलाई प्रहरीले पक्राउ गरेको बताए।











