जिल्ला सभापति भेलाप्रति आक्रोश पोख्दै देउवाले भने–कसैले भन्दैमा विशेष महाधिवेशन हुँदैन
विराटनगर, चैत २१: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले भन्दैमा पार्टीको विशेष महाधिवेशन हुन नसक्ने बताएका....
विराटनगर, चैत २१: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले भन्दैमा पार्टीको विशेष महाधिवेशन हुन नसक्ने बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले केही जिल्ला सभापतिहरुले भन्दैमा विशेष महाधिवेशन हुन नसक्ने बताए। देउवाले विशेष महाधिवेशन बोलाएर देखाउन असन्तुष्टि पक्षलाई चुनौती पनि दिए। बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको काठमाडौंमा भइरहेको भेलाप्रति आपत्ति जनाउँदै उनले विशेष महाधिवेशन बोलाउने वा नबोलाउने भन्ने अधिकार आफ्नो भएको बताए।
यद्यपी देउवाले असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाए आफू त्यसको सामना गर्न तयार रहेको पनि बताए। ‘विधानतः विशेष महाधिवेशन बोलाउने अधिकार सभापतिकै हुन्छ। तर, उहाँहरुले विशेषल महाधिवेशन बोलाए म सभापतिको हैसियतले त्यसको सामना गर्न तयार छु,’ देउवाले भने।
पार्टी केन्द्रीय समितिले पारित गरेको विधानबारे केही सानो झुण्डको मात्रै असन्तुष्टि रहेको उनले दाबी गरे।






