हावाहुरी प्रभावितलाई डा.भट्टराईले दिए पाँच लाख राहत
काठमाडौं, चैत २१ : नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाराका हावाहुरीपीडितलाई पाँच लाख रुपैयाँ प्रदान गरेका छन्।
....
काठमाडौं, चैत २१ : नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाराका हावाहुरीपीडितलाई पाँच लाख रुपैयाँ प्रदान गरेका छन्।
बिहीबार डा भट्टराईले प्रदेश २ का मन्त्री जितेन्द्रप्रसाद सोनारलाई रकम बुझाएका हुन् । डा भट्टराईले उक्त रकम मुख्यमन्त्री राहत कोषमा दाखिला गर्ने गरी नयाँ शक्ति पार्टीका तर्फबाट बुझाएका हुन्।
रकम बुझाएपछि डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘बारा—पर्साका हावहुण्डरी पीडितहरूको सहयोगार्थ नयाँ शक्ति पार्टीका तर्फबाट २ नं प्रदेश मुख्यमन्त्री राहतकोषमा रू.पाँच लाख प्रदेशका बरिष्ठ मन्त्री श्री जीतेन्द्र सोनललाई (मुख्यमन्त्री प्रदेशबाहिर रहनु भएकाले)हस्तान्तरण! पीडिहरूलाई औपचारिक संयन्त्र मार्फतै व्यवस्थित सहयोग गर्न आग्रह!’