Kathmandu Press

पौडी खेल्दा ज्यान गुमाउँदै अस्ट्रेलियामा नेपाली विद्यार्थी

काठमाडौं, चैत २१ : पौडी खेल्न नजानेर अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको एकपछि अर्को गरि ज्यान जान थालेपछि नेपाली समुदाय चिन्तित बनेको छ । सोमब....

पौडी खेल्दा ज्यान गुमाउँदै अस्ट्रेलियामा नेपाली विद्यार्थी
द सिड्नी मर्निङ हेराल्ड

काठमाडौं, चैत २१ : पौडी खेल्न नजानेर अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको एकपछि अर्को गरि ज्यान जान थालेपछि नेपाली समुदाय चिन्तित बनेको छ । सोमबार मात्रै एक विद्यार्थीको शव भेटिएको छ।

फागुन १३ गते (फेब्रअुरी २५) अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीको एउटा समूह फिगर एट पुल्स गएको थियो । त्यहाँ पौडी खेल्न गएका दुई जनालाई पानीले बगाएको थियो।

दिउसोका २ बजेतिर भएको घटनामा एक जना सकुशल फर्किएका थिए । उनलाई सामान्य चोट लागेको थियो । तर अर्का, २२ वर्षीय नेपाली विद्यार्थी बगेका थिए।

वोलोङगोङ प्रहरी, मरिन एरिया कमान्डका अधिकारी, एम्बुलेन्स टोली र वेस्टप्याक रेस्क्यु हेलिकप्टरले उनको खोजी गर्‍यो । फागुन १५ गते (फेब्रुअरी २७) ड्रोनसहित जमिन र हवाइ खोजी कार्य फेरि सुरू भयो । तर केही अत्तो पत्तो लागेको थिएन।

यहि चैत १८ गते सोमबार दिउसो पौने २ बजेतिर फिगर एट पुल्सभन्दा आठ मिटर पर एउटा शव भेटियो । प्रहरीले शवलाई मंगलबार मध्यान्हतिर बाहिर निकालेको छ।

सनखात नभएपनि पौडी खेल्न जादा एक महिना अघि हराएका तिनै नेपाली विद्यार्थीको शव हुनसक्ने प्रहरीले आशंका गरेको छ । हराएका नेपाली विद्यार्थीबारे केही जानकारी सार्वजनिक गरिएको छैन्।

घटना भएको दिन न्यू साउथ वेल्स पाक्र्स एन्ड वाइल्ड लाइफ सर्भिसले छालको जोखिम ‘एक्सट्रिम’ हुनसक्ने चेतावनी दिएको थियो । छाल बढेकोले आगन्तुकलाई त्यहाँ नजान अनुरोध गरिएको थियो।

रोयल नेसनल पार्क आउनुअघि आगन्तुकलाई मौसम र छालसम्बन्धी जानकारी लिन न्यू साउथ वेल्स प्रहरीले आग्रह गरेका छन् । तथापि, पौडी खेल्दा विद्यार्थीले ज्यान गुमाउँदै आएका छन्।

अझ नेपाली विद्यार्थी यस्तो दुर्घटनामा पर्ने गरेका छन् । उनीहरू पौडी खेल्न नजानेर दुर्घटना पर्ने गरेको जनाएको छ । यसअघि पनि अष्ट्रेलियामा तीन नेपाली विद्यार्थी बगेका थिए।

 पौडी खेल्दा हराएका बिगुल पण्डित । | तस्वीर:द सिड्नी मर्निङ हेराल्ड

गत वर्षको डिसेम्बर २७ मा एडिलेड बिचमा नेपाली विद्यार्थी निश्चल घिमिरेको रहस्मय मृत्यु भएको थियो । निश्चलले भारतीय मूलका एक बच्चाको रेखदेख गर्ने जिम्मा लिएका थिए । उनीहरू चढेको कार ग्लेनेल्ग बिचमा भेटियो । सँगै आएका बच्चा सकुशल थिए तर रातभर खोजी गर्दा पनि निश्चल भेटिएनन्।

बिगुल पण्डित जनवरी ९ देखि हराइरहेका छन् । २१ वर्षिय बिगुल न्यू साउथ वेल्सस्थित एल्बरीको मुर्रे नदीबाट हराएका हुन् । उनी साथीहरूसँग रमाइलो गर्न त्यहाँ गएका थिए । उनी चाल्र्स स्टर्ट युनिभर्सिटीमा अकाउन्ट्स पढ्थे र स्थानीय गुरूस स्टार क्याफेमा काम गर्थे।

बिगुल र साथीहरू पानीमुनि बस्ने खेल खेल्दै गरेको सँगै गएका पल ब्राट्टनले बताए । ‘कम्मरसम्म आउने पानीमा कसैलाई डुबेको देखेर पनि उनीहरूलाई केही भएको छैन भन्ने लाग्छ । उनलाई पौडन आउँदैन भनेर हामीलाई थाहा थिएन,’ ब्राट्टनले भनेका छन्।

यहि जनवरी २७ मा न्यू साउथ वेल्स प्रहरीलाई पानीमाथि छटपटाइरहेको समूहबारे सूचना प्राप्त भयो । प्रहरी बेन्ट्स बेसिन पुग्यो । नजिकै रहेका केही व्यक्तिले तीन जनालाई बचाउन सफल भए पनि चौथो व्यक्ति पानीको सतहमा नदेखिएको प्रहरीले जानकारी दियो ।

उनी थिए, विराटनगरका विश्वास जोशी । विश्वास चाल्र्स स्टर्ट युनिभर्सिटीमा इन्जियिरिङका विद्यार्थी थिए । उद्धार टोलीले केही घण्टा मै उनको शव भेटेको थियो । विश्वास अष्ट्रेलिया गएको आठ महिना मात्रै भएको थियो।

घटनालाई लिएर गैर–आवासिय नेपाली संघलगायत नेपाली समुदायले चिन्ता व्यक्त गरेका छन्। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, चैत २१, २०७५